यथास्थितिमा कार्यालय सञ्चालन आत्मघाती !

@देवीलाल चौलागाई

बाँके जिल्लामा एक पछि अर्को गर्दै सरकारी कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि कर्मचारीहरु त्रसित र चिन्तित बनेका छन् ।

शनिबार आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत एक जना अधिकृत तहका पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकै भोलिपल्ट आइतबार फेरी यातायात कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुन पुग्यो ।

अहिले ति दुवै कार्यालयहरु सिल गरिएको छन् र मानिसहरुको आउजाउ निषेध गरिएको छ ।

लगातार रुपमा कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थालेको र सरकारको लकडाउन अन्त्यको घोषणाले सर्वसाधारणहरुमा भ्रम फैलाएको र सोहि कारण सावधानी नअपनाएका कारण कोरोना समुदाय स्तरमा फैलिएको छ ।

समुदायमा फैलिएको कोरोेनाको निशानामा जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र त्यहाँ काम गर्ने कर्मचारी परेको भन्दै सरकारी कार्यालयहरुले हालको सेवाप्रवाहको मोडालिटीमा आमुल परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अहिलेकै अवस्थामा कार्यालयहरु संचालन गरे आत्मघाती हुन सक्दैन भने हामीले भन्न सक्ने आवस्था छैन ।

यसको प्रत्यक्ष उदाहारण माथि उल्लेख गरिएका कार्यालयका कर्मचारी छन् । जनताको प्रत्यक्ष सम्पर्क र सम्बन्धमा रहेका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको यथाशीघ्र कोरोना परिक्षण गरी सेवा प्रवाहको वर्तमान अवस्थालाइ परिवर्तन गर्नुपर्छ ।

शुरुमा कोरोनाको हटस्पटको रुपमा देखिएको बाँके जिल्लामा निको हुने कोरोना संक्रमितहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भई कतिपय स्थानीय तहहरु कोरोनाको संक्रमण अवस्था शुन्य समेत भइसकेको अवस्थामा पछिल्लो पटक समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिन थालेपछि कर्मचारी मात्र नभएर आम बाँकेबासी समेत चिन्तित बनेका छन् ।

त्यसकारण कार्यालय संचालन हुने तौरतरिका परिवर्तन गर्ने कि ?

(चौलागाई नेपाल निजामती कर्मचारी संगठन, बाँकेका सचिव हुनुहुन्छ)

Previous articleकैदीबन्दीको पिसिआर परीक्षण गराउन उच्च अदालतको अन्तरिम आदेश
Next articleसोमबार राप्तीसोनारीका दुईसहित आठ जनामा कोरोना पुष्टि

1 COMMENT

  1. उत्कृष्ट पेज बन्दैछ, निरन्तर जानकारी मुलक खुराक आउन!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here