
बाँँके । बाँकेमा सोमबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको स्वाब नमूना परीक्षणबाट बाँकेका दुईसहित आठ जनामा कोरोनाको संक्रमण रहेको फेला परेको हो ।
बाँकेमा संक्रमण पुष्टि हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नं–८ का २४ वर्षीय पुरुष र सोही वडाकै ४९ वर्षीय महिला रहेकी छन् ।
यस्तै दाङ तुलसीपुरका पाँच जनामा कोेरोना देखिएको छ । उनीहरु १६ देखि ३६ वर्षका पुरुष हुन । त्यस्तै सोमबार नै भएको परीक्षणमा प्युठान, मल्लारानी ३ का एक २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भेरीमा भएको दुई सय ६५ जनाको स्वाब नमूनामा आठ जनामा कोरोनाको संक्रमण रहेको फेला परेको अस्पतालले जनाएको छ ।






