कैलालीमा प्रहरी र स्थानीयबीच झडप, ४० सेल अश्रुग्यास प्रहार

ट्रकको ठक्करबाट युवतीको मृत्यु

कैलाली । बर्दगोरिया गाउँपालिकाको  बौनियाँमा प्रहरी र स्थानीयबीच झडप भएको छ  ।

ट्रकको ठक्करबाट युवतीको मृत्युपछि विवाद हुँदा झडप भएको हो ।

 झडप हुँदा प्रहरीले स्थानीयमाथि लाठीचार्जसँगै ४० सेल अश्रुग्यास प्रहार गरेको  इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । 

स्थानीयले अहिले शवलाई सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार बिहान ना.६ख ३३४० नम्बरको ट्रकको ठक्करबाट २६ वर्षीया सन्तोषी बोहराको मृत्यु भएको थियो । 

ट्रक चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Previous articleसोमबार राप्तीसोनारीका दुईसहित आठ जनामा कोरोना पुष्टि
Next article३ बोरा सुपर पावर सुर्तिसहित एक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here