३ बोरा सुपर पावर सुर्तिसहित एक पक्राउ

बाँके । जिल्लामा अबैध ३ बोरा सुपर पावर (सुर्ति) सहित एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अबैध सुर्तिसहित डुडुवा गाउँपालिका वडा नं–२ बेतहनी बस्ने सियाराम केवट पक्राउ परेका हुन ।

सोमबार राती करिब आठ बजेको समयमा भारतबाट नेपाल ल्याइँदै गरेको करिब १८ हजार मुल्य बराबरको सुपर पावर (सुर्ति) र साईकलसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।

केवटलाई अमृतपुर्वा भन्ने गाउँबाट गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Previous articleकैलालीमा प्रहरी र स्थानीयबीच झडप, ४० सेल अश्रुग्यास प्रहार
Next articleअबैध कमला पसन्दसहित नेपालगञ्जका एक व्यक्ति नियन्त्रणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here