अबैध कमला पसन्दसहित नेपालगञ्जका एक व्यक्ति नियन्त्रणमा

बाँके । एक बोरा कमला पसन्द (गुटखा) सहित नेपालगञ्जका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं–९ का सलमान दर्जीलाई एक बोरा कमला पसन्द (गुटखा)सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अबैध रुपमा नेपाल ल्याएको करिब पाँच हजार बराबरको एक बोरा खुट्खा बरामद भएपछि दर्जीलाई सोमबार साँझ पाँच बजे नियन्त्रणमा लिएको छ ।

बरामद सामान र मानिसलाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईको छ ।

Previous article३ बोरा सुपर पावर सुर्तिसहित एक पक्राउ
Next articleमृत्युको ३ दिनपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here