मानव बेचबिखनको तथ्याँक व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी तथ्याँक व्यवस्थापनका सवालमा पालिका अघि बढ्ने भएको छ ।

मानव बेचबिखन तथा ओसार पसार कार्य नियन्त्रण र पालिकाको अवस्था बिश्लेषणमा समेत प्रभावकारी हुने कार्य तथ्याँक व्यवस्थापन व्यवस्थापनतर्फ पालिका अघि बढ्ने तयारी गरेको छ ।

शुक्रबार बैजनाथ गाउँपालिकाको आयोजना, माइती नेपालद्धारा संचालित हाम्रो सम्मान परियोजनाको प्राबिधिक सहयोगमा पालिकामा मानव बेचबिखन तथा ओसार पसार बिषयक तथ्याँक व्यवस्थापनका बिषयमा छलफल गरिएको छ ।

बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा, कार्यपालिका सदस्य, १ देखि ८ नम्बर वडा कार्यालयका वडा अध्यक्ष, वडा सचिव र कर्मचारीको उपस्थितिमा तथ्याँक व्यवस्थापनका बिषयमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रमको समापनमा बोल्दै पालिका उपाध्यक्ष बिश्वकर्माले माइती नेपालले बिगतदेखि नै पालिकालाई सहयोग गर्दै आएको भन्दै धन्यवाद दिनुभयो ।

मानव बेचबिखनको जोखिममा पर्न सक्नेहरुसम्म सचेतना फैलाउन आफुहरु पनि लागिरहेको भन्दै पालिकाले पनि यसबारे नीति निर्माण गरेर अघि बढेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले सहजीकरण गर्नुभएको थियो ।

Previous articleदुई बिद्यार्थीलाई छात्रबृति प्रदान
Next articleनेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापन व्यवसायीक ढाँचा तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here