दुई बिद्यार्थीलाई छात्रबृति प्रदान

नेपालगञ्ज । नेपालगञ्जका थप दुई जेहेन्दार बिद्यार्थीलाई छात्रबृति प्रदान गरिएको छ । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिद्यार्थीलाई छात्रबृति हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै उपमेयर थापाले मंचले सहयोग गर्दै आएको र थप अध्ययनमा समस्यामा रहेका बिद्यार्थीलाई उपमहानगरपालिकाले सहयोग प्रदान गर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेद्धारा संचालित किशोर किशोरी तथा युवा शसक्तिकरण परियोजना अन्तर्गत उक्त छात्रबृति शुक्रबार थप दुई बिद्यार्थीलाई प्रदान गरिएको छ ।

नेपालगञ्जका बिभिन्न ४ वटा सामुदायिक बिद्यालय परियोजनाको कार्यक्षेत्र रहेको छ । सो बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई मंचले छात्रबृति प्रदान गर्दै आएको छ । यसअघि पनि मंचले ३५ र १२ जना गरि दुई चरणमा ४७ जनालाई प्रदान गरिसकेको छ ।

अध्ययनका लागि सहयोगको आवश्यकता पहिचान भएका बिद्यार्थीलाई छात्रबृति बितरण गरिएको मंचकी फिल्ड अधिकृत पुजा बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार उपमेयरमार्फत नेपालगञ्जको मंगल प्रसाद माध्यमिक बिद्यालय र सरस्वती माध्यमिक बिद्यालयका दुई बिद्यार्थीलाई छात्रबृति स्वरुप नगद १२ हजारका दरले बितरण गरिएको छ ।

मंचले छात्रबृति बितरण गरेको बिद्यार्थीहरुको अवस्थाका बारेमा केही समयअघि नेपालगञ्जका सरोकारवालाले अनुगमन समेत गरेका छन् । सरोकारवालाको अनुगमनले वास्तबिक आवश्यक भएकालाई नै सहयोग प्रदान गरिएको भेटिएको थियो । मंचले हालसम्म नेपालगञ्जका ४९ जना बिद्यार्थीलाई छात्रबृति प्रदान गरेर अध्ययनमा सहयोग गरेको छ ।

Previous articleनेपाल निजामति कर्मचारी युनियन नेपालगञ्जको अध्यक्षमा जागेश्वर बस्नेत निर्वाचित
Next articleमानव बेचबिखनको तथ्याँक व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here