नेपालगञ्ज जेसिजमा आदित्य गुप्ता सर्वाधिक लोकप्रिय

नेपालगञ्ज । नेपालगञ्ज जेसिज २०२२ को अध्यक्षमा चिरन्जिवी गौतमसहित नयाँ कार्यसमिति चयन भएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न अधिवेशनले २०२२ का लागि गौतमसहितको नयाँ नेतृत्व चयन गरेको हो ।

चयन गरिएको नयाँ नेतृत्वमा आदित्य गुप्ता सर्वाधिक लोकप्रिय भएर कार्यकारी उपाध्यक्षमा बिजयी हुनुभएको छ । उहाँ सर्वाधिक लोकप्रिय उम्मेदवारको ट्याक पाउन सफल बन्नुभएको उहाँले पाएको मत परिणामले देखाएको छ ।

नेपालगञ्ज जेसिजको बिभिन्न पद र कार्यकालको जिम्मेवारी बहन गर्दै २०२२ का लागि कार्यकारी उपाध्यक्षमा अध्यक्षले पाएको मतभन्दा पनि दोब्बर मत गुप्ताले प्राप्त गर्नुएभएको छ । उहाँले ७६ मत प्राप्त गर्नुभएको हो ।

जबकी अध्यक्ष गौतमले ४३ मत प्राप्त गर्नुभएको छ भने अर्का कार्यकारी उपाध्यक्ष रोशन केसीले ५६ मत प्राप्त गर्नुभएको छ । जेसिजका लोकप्रिय उम्मेदवार गुप्ता कशौधन बैश्य युवा मंच बाँकेको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको छ ।

कोरोना भाइरसको महामारीले आक्रान्त बनाएका बेला मंचले वाह वाही बटुल्ने गरी सामाजिक योगदान पुर्याएको थियो । यस्तै जेसिजमा समेत गुप्ताले असल गुणहरुले भरिएको पहिचान बनाउनुभएको छ ।

Previous articleजेष्ठ नागरिकमैत्री नेपालगञ्ज बन्दैं
Next articleजानकीमा बि.व्य.स.चयन नगर्न अदालतकाे आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here