
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा रहेका बिद्यालयहरुमा बिद्यालय व्यवस्थापन समिति चयन नगर्न अदालतले आदेश जारी गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगञ्जमा भएको इजलासले जानकी गाउँपालिकाले जारी गरेको शिक्षा ऐन-२०७८ मा व्यवस्था नै नरहेकाले बिद्यालय व्यवस्थापन समिति चयन नगर्न रोक लगाएको हो ।
पालिकालाई बिभिन्न बिद्यालयमा चयन भएका समिति भंग गर्ने सोमबार भएकाे न्यायधीश ध्रुवराज नन्द र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले आदेश दिएको छ ।
गत पौष ५ गते जानकीमा नियम विपरित विद्यालय व्यवस्थापन समिति आफै भंग गर्ने र नयाँ समिति चयन गर्ने कार्य गरेको भन्दै हिरालाल लोनियाले रोक्न माग गर्दै मुद्दा हाल्नुभएको थियो ।







