बर्दियाली तीन युवाहरुले सन्चालनमा ल्याए अतिथि वाईन डाईन कटेज

नेपालगन्ज र बाँकेको सुन्दर नगर नेपालगन्ज सुर्खेत रोड, वेस्टर्न मार्ट दक्षिण स्थित नयाँ ब्यवस्थापन, मौलिक नेपाली स्वाद एवं सत्कारको साथ आजबाट अतिथि वाईन डाईन कटेज सन्चालनमा आएको छ ।

सो कटेज उदघाटन कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले रिबन काटेर सो कटेजको उदघाटन गर्नु भएको थियो ।

उदघाटन् गर्नु हुदै राणाले नेपालगन्जमा अहिले होटल तथा तथा कटेज खुल्ने प्रचलन बढिरहेको बताउदै उहाँले आपना ग्राहकलाई नेपाली परिकार, सत्कार साथ सेवा दिन सके ग्राहकहरु खुशी हुने बताउनुभयो ।

साथै नेपालगन्ज एक पर्यटकीय क्षेत्र भएकोले यस ठाउँलाई आउने बाहय तथ आन्तरिक पर्यटकलाई नेपालगन्जको स्थानीय परिकारको स्वाद दिनु पर्ने प्रमुख अतिथि राणाले बताउनुभयो ।

साथै तिनै जना युवाहरुले सन्चालनमा ल्याएकोमा धन्यवाद पनि ब्यक्त गर्नु भयो । सो उदघाटन कार्यक्रममा गैसस, बाँकेका अध्यक्ष नमस्कार शाह, जिल्ला युवा क्लब सन्जालका अध्यक्ष आशिष बर्मा, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, गैसस, बाँकेका सदस्य सूर्यलाल यादव लगायतको सहभागिता रहेको थियो ।

अतिथि वाईन डाईन कटेजमा १ वटा एसी सभाहल, क्याबिन रेष्टुरेन्ट र पार्किङ्गको सुुविधा समेत रहेको ईन्द्र भुषालले जानकारी दिनुभयाे ।

सो कटेजमा नेपाली परिकार ढिडो, मार्सी चामलको भात, कालिजको मासु, गुन्द्रुकको सुप ईत्यादि नेपाली परिकारको ब्यवस्था गरिने कटेजले जानकारी दिएको छ ।

सो कटेजलाई बर्दियाली तिन युवाहरु ईन्द्र भुषाल, यज्ञ प्रसाद आर्चाय र सरोज शर्मा चापागाईले ३० लाख बढीमा नयाँ ब्यवस्थापन, मौलिक नेपाली एवं सत्कारको साथ सन्चालनमा ल्याएका हुन ।

Previous articleजानकीमा बि.व्य.स.चयन नगर्न अदालतकाे आदेश
Next articleसामाजिक अभियन्ताहरु सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here