सुन जस्तो देखिने धातुसहित बाँकेमा दुई जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार राती ८ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं-२० राँझाबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

राँझा चोकमा अबैध रुपमा सुनको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शंकास्पद रुपमा रहेका जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं- ६ का २२ वर्षीयराजु कार्की र सोही गाउँपालिका वडा नं-८ बस्ने २९ वर्षीय पुर्ण बहादुर बि.क.लाई पक्राउ गरेको छ ।

सोधपुछ तथा चेकजाँचका क्रममा उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो रंगको धातु (१ बिस्कुट), नगद दुई लाख सतहत्तर हजार र चार लाख रुपैयाको चेक फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद भएको उक्त (१ बिस्कुट) सुन जस्तो देखिने पहेलो धातु, नगद रुपैया र चेकका बिषयमा थप अनुसन्धान कार्य भई रहेको जनाईएको छ ।

Previous articleप्रथम बैजनाथ अन्तर बिद्यालयस्तरीय वक्तृत्कला प्रतियोगिता हुँदै
Next articleकाँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियो : सहमहामन्त्री राठौर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here