शुभकामना आदान प्रदान र स्वास्थ्य परिक्षण गरि तमु ल्होसार पर्व मनाईयाे

नेपालगन्ज । तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद बाँकेको आयोजना नेपालगन्जमा शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम कार्यक्रम आयोजना गरि तमु ल्होसार मनाईएको छ ।

नेपाल आदिवासी जनजाति महासघ, बाँकेका अध्यक्ष डम्मर थापा मगरको प्रमुख आतिथ्ष्तामा भएको सो कार्यक्रममा विभिन्न आदिवासी जनजाति संगठनका प्रमुखहरुको सहभागिता रहेको थियो ।

तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद बाँकेका कोषाध्यक्ष बिमला गुरुङको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा तमु ल्होसारको महत्व माथि भिम गुरुङले प्रकाश पार्नुभएकाे थियोे ।

तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद बाँकेका अध्यक्ष युग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा नेपाल मगर संघ नगरका अध्यक्ष राजन राना मगर, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, फोनिज, बाकेका अध्यक्ष भगतराम थारु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सन्चालन फोनिज, लुम्बिनी प्रदेश महासचिव गजेन्द्र गुरुङले गर्नुभयाे ।सोही कार्यक्रममा भर्खरै नव निर्वाचित फोनिज कार्यसमितिलाई तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद बाँकेले दोसल्ला ओढाएर सम्मान गरेको थियो साथै एक दिने निशुल्क हेल्थ डेस्क पनि संचालन गरेकोमा हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रालिका स्वास्थ्यकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

तमु ल्होसारको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले गुरुङ समुदायको महान पर्वमा एक दिने निशुल्क हेल्थ डेस्क पनि संचालन गरेको छ ।

फोनिज बाँकेको आयोजना तथा हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा एक दिने निशुल्क हेल्थ डेस्क संचालन गरेको हो ।

आदिवासी जनजातिको हरेक पर्व धुमधामका साथ मनाउने फोनिज बाँकेले पहिलो बैठकबाट निर्णय गरेपछि गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा निशुल्क हेल्थ डेस्क संचालन गरेको फोनिज बाँकेका सचिव लक्ष्मी चौधरीले जानकारी गराउनुभयो ।पुष १५ गते गुरुङ समुदायको तमु ल्होसारको अवसरमा भव्य कार्यक्रमको आयोजनामा ३ सय बढिलाई निशुल्क सुगर, प्रेसर चेकजाँच गरिनुका साथै सामान्य औषधी प्रदान गरिएको फोनिज बाँके शाखाका सचिब चौधरीले जानकारी गराउनुभयो ।

मंसिर २५ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको छैठौं अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिले केन्द्र र प्रदेशको अधिबेशनका लागि तयारी समेत भैरहेको उहाँले जानकारी गराउनुभयो ।

Previous articleपुस २२ गतेदेखि प्रदेशस्तरीय प्रदर्शनी हुँदै
Next articleबैजनाथ-४, बनियाभारमा नि:शूल्क शिविर, १८ गते बनकट्वामा संचालन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here