बैजनाथ-४, बनियाभारमा नि:शूल्क शिविर, १८ गते बनकट्वामा संचालन हुने

बानियाभार । बाँकेकाे बैजनाथ गाउँपालिकाकाे वडा नं-४ काे बानियाभारमा बृहत नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा नं ४ को वडा कार्यालय बनियाभारमा २६७ जनाको नि:शूल्क आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको छ भने ४८ जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेजकोहली रुइत फाउण्डेशनको संयुक्त सहकार्यमा बैजनाथ गाउँपालिकामा सञ्चालन हुदैछ l

यस्तै पाैष १८ गते बैजनाथ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र वनकटवामा नि:शूल्क शिविर सञ्चालन हुने जनाईएकाे छ ।

Previous articleशुभकामना आदान प्रदान र स्वास्थ्य परिक्षण गरि तमु ल्होसार पर्व मनाईयाे
Next articleसभापतिका उम्मेदवार गाैडेल समूहद्वारा सम्पर्क कार्यालय स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here