सभापतिका उम्मेदवार गाैडेल समूहद्वारा सम्पर्क कार्यालय स्थापना

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ ।

नेपालगञ्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमका बीच पार्टी सभापति किरण कोइरालाले उद्घाटन गर्नुभयाे ।

पुष २७ गते हुने जिल्ला अधिवेशनका लागि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पारेर सम्पर्क कार्यालय खोलिएको हो ।

गौडेल समूहको चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै सभापति कोइरालाले सशक्त, जुझारु र उर्जाशील गौडेल समूहले चुनाव जितेपछि पार्टीमा नयाँ उर्जा सञ्चार हुने बताउनुभयाे ।

“गौडेलजी लगायत अन्य उम्मेदवार सबै स्वयम् उर्जाबान र जुझारु हुनुहुन्छ, उहाँहरुले जितेर आएपछि पार्टीमा नयाँ उर्जा थपिन्छ,” कोइरालाले थप्नुभयाे । उहाँले आजका दिनदेखि अब गाउँ-गाउँ, नगर-नगर र वडा-वडामा गएर गौडेलको टिमलाई जिताएर पार्टीलाई बलियो बनाउने प्रयासमा लाग्न आह्वान गर्नुभयाे ।

सभापतिका उम्मेदवार गौडेलले पार्टीलाई सशक्त र सुदृढ बनाउँदै आगामी सबै तहका निर्वाचनहरुमा विजयी बनाउने प्रणका साथ आफूहरु पार्टीको चुनावमा प्रतिष्पर्धा गर्न होमिएको बताउनुभयाे ।

उहाँले आफ्नो टिमले जितेपछि पार्टी सशक्त ढंगले अघि बढ्ने बताउनुभयाे । “यो संघर्षशील, कर्मशील युवाहरुको टिम हो, यो गफ गर्ने टिम होइन,” उहाँलेले भन्नुभयाे “यो फिल्डमा गएर काम गर्ने टिम हो, क्षेत्रीय प्रतिनिधिहरुले विश्वास गरेर हामीलाई जिताउनुस्, हामी बाँकेमा कांग्रेसलाई एक छत्र बनाउन लाग्नेछौं ।”

उहाँले चार बर्ष अहोरात्र खटिएर कांग्रेसलाई सशक्त बनाउन लाग्ने बताउनुभयाे । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले इमान्दार र कर्मशील गौडेल समूहलाई जिताउन सबैजना तन, मन र बचनले कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयाे ।

लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् युवा नेता टेकनारायण भुषालले कांग्रेसका इमान्दार कार्यकर्ताहरुको खस्केको मनोबल उकास्दै आगामी निर्वाचनहरुमा कांग्रेसलाई जिताउन गौडेल समूहलाई विजयी बनाउन आवश्यक रहेको बताउनुभयाे ।

गौडेल समूहले यही १९ गते आफ्नो समूहका उम्मेदवारहरुको घोषणा पनि गर्न लागेको बताएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उम्मेदवार घोषणा कार्यक्रम गर्न लागिएको सम्पर्क कार्यायल संयोजक युवा नेता डिल्ली गिरीले बताउनुभयाे ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ता, विभिन्न भ्रातृ संगठनका नेता कार्यकताहरुको उपस्थिति थियो ।

जिल्ला सचिव तप्त पौडेल, नेता हुर्मत न्यौपाने, प्रदेश कमिटी सदस्यहरु प्रेम केसी, इशाक जोलाह, अन्जना पाण्डे, दिक्षा कोइराला, प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी, प्रदेशसभा १ ख का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह, सचिव पदका उम्मेदवार सुधांशु कोइराला लगायतको उपस्थिति थियो ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ, दलित संघ, आदिवासी जनजाती संघ, मुस्लिम संघ, प्राध्यापक संघ लगायतका संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु पनि उपस्थिती थियाे ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Previous articleबैजनाथ-४, बनियाभारमा नि:शूल्क शिविर, १८ गते बनकट्वामा संचालन हुने
Next articleसन-२०२१ मा निवेदन परेकामध्ये २०३ जना मात्र फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here