‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

दुई खेल काठमाण्डौको दशरथ रङ्गशाला र एक खेल पोखराको रङ्गशालामा हुनेछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे थ्री स्टार र जावलाखेल खेल्नेछन् भने दशरथ रङ्गशालामा हुने अर्को खेलमा सङ्कटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रङ्गशालामै सङ्कटा र च्यासलबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ ।

यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल दिउँसो २ बजे सुरु हुनेछ । ए डिभिजन लिगमा अहिले सातौँ चरणका खेल भइरहेका छन् ।

Previous articleब्राउन सुगरसहित पाँचजना पक्राउ
Next articleसुरक्षाकर्मी र कर्मचारीबाट सञ्चारकर्मीलाई ठूलो खतरा छ : फ्रिडम फोरम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here