
नेपालगञ्ज । अन्तराष्ट्रिय नयाँ वर्षको अवसरमा नेपालगञ्जस्थि हनुमत गौशालामा बृक्षारोपण गरिएको छ ।
अन्तराष्ट्रिय नयाँ वर्षमा केही नयाँ जुन कुरा मानव जीवनका लागि अपरिहार्य छ त्यसैको संरक्षणको शन्देश पुर्याउने उद्देश्यले नेपालगञ्जस्थित हनुमत गौशालामा बृक्षारोपण गरिएको हो ।
कसौधन वैश्य समाज युवा मञ्च बाँकेको आयोजनामा भएको कार्यक्रममार्फत जामुन, अमलतास, अम्बा, कागती, कटहर, मोरिङ्गा, कोईराला बिरुवा लगाइएको छ ।
कार्यक्रममा कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्य, युवा मंचका अध्यक्ष आदित्य गुप्ता, हरित अभियान्ता हेमन्तराज काफ्ले लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक आमृत बैश्यले जानकारी दिनुभयो ।







