
सादाब राई
नेपालगन्ज । सिरहाको औरहीबाट सुरू भएको सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको किसान आन्दोलन आहिले मधेशव्यापी हुँदै गएको छ ।
जनमत पार्टी बाँकेकोे नेतृत्वमा आज मंगलबार कोहलपुर- नेपालगञ्ज र गुलरिया सड़क खण्ड अन्तर्गत पिप्रहवा र मानपुर चौकमा प्रदर्शन गरिएको हो ।
सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत आन्दोलनकारीहरूले जनमत पार्टी जिन्दावाद, किसान आन्दोलन जारी छ, किसान एकता जिन्दाबाद जस्ता नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छ्न ।
किसानलाई सिंचाईको व्यवस्था वा बिजुली निःशुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसान कार्डको ब्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेका हुन ।
सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत ११ बुँदे माग पूरा गराउँन दबाव स्वरूप नेपालगन्ज गुलरिया सडक खण्ड दिउँसो १ देखि २ बजेसम्म करिब १ घण्टा सडक अवरोध गरेका थिए ।





