गाैडेल समूहद्वारा नरैनापुरमा कार्यकर्ता भेटघाट

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रम जारी राखेको छ । यसै क्रममा गौडेल समूह आज मंगलबार नरैनापुर पुगेको थियो । 

नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ कालाफाँटामा आयोजित एक कार्यक्रममा गौडेल समूहले आफ्नो समूहलाई जिताउन क्षेत्रीय प्रतिनिधिहरुसंग आग्रह गरेको छ ।

कार्यक्रममा कांग्रेस नरैनापुर गाउँपालिका कमिटीले उम्मेदवार र नेताहरुलाई फूलमाला र खादा लगाएर स्वागत गर्दै जीतका लागि शुभकामना व्यक्त गरेको थियो । गाउँपालिका सभापति मेराज खाँ र नेता रामचन्द्र मौर्यले स्वागत गर्नुभएकाे थियोे ।

खाँको सभापतित्व तथा क्षेत्र नम्बर १ का सभापति पोषण केसीको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्यद्वय टेक नारायण भुषाल र इशाक जोलाहको विशिष्ट आथिथ्यतामा भएको कार्यक्रममा सभापतिका उम्मेदवार गौडेलले बघौडाका नामले चिनिने नरैनापुरलाई पार्टीको मूल प्रवाहमा जोड्न स्थानीय नेताहरुलाई आफूहरुले अगाडि बढाइरहेको बताउनुभयाे ।नरैनापुरलाई आफ्नो समूहले विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयाे । लुम्बिनी प्रदेश कमिटीमा इशाक जोलाहलाई जिताउन आफूहरुले भूमिका खेलेको चर्चा गर्दै उहाँले आफ्नो समूहले राज कुमार मौर्यलाई उपसभापतिको उम्मेदवार बनाएको बताउनुभयाे ।

द्वन्दकालमा क्षेत्रीय सभापति भएर क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको संरक्षणका लागि डर त्रास र धम्कीको प्रवाह नगरी अहोरात्र लागेको स्मरण गर्दै उहाँले आफूहरुलाई जिताए सुदृढ र सशक्त कांग्रेस बनाउने दृढता व्यक्त गर्नुभयाे ।

“हामीलाई जिताउनुस्, तपाईंको मतको सम्मान गर्दै पछुतो हुन दिने छैनौं, किन जिताएछौं भन्ने महसुस कुनै क्षण पनि हुन दिने छैनौं,” गाैडेलले भन्नुभयाे, “हाम्रो धोको सशक्त बाँके कांग्रेस बनाउनेछ ।” 

उपसभापति पदका उम्मेदवार गोपाल प्रसाद अधिकारी र राज कुमार मौर्य, सचिव पदका उम्मेदवार सुधांशु कोइराला र टंक प्रसाद काफ्ले (आशिष) तथा सहसचिव पदका उम्मेदवार रेणु सिंह ठाकुर र विश्वराज लम्सालले आफूहरुलाई अमूल्य मत दिएर विजयी बनाउन आग्रह गर्नुभयाे ।

त्यस क्रममा क्षेत्रीय सभापति केसीले बाँके कांग्रेसमा गौडल सभापति पदमा विजयी भएमा क्षेत्र नम्बर १ बाट पहिलो सभापति हुने भएको भन्दै यो अवसरलाई खेर जान दिन नहुने बताउनुभयाे ।

उहाँले भन्नुभयाे-“जसरी मलाई क्षेत्रीय सभापतिमा जिताउनुभयो त्यसरी सबै मिलेर जिल्ला सभापतिमा गौडेलसहित पूरै प्यानललाई विजयी बनाउन हामी सबै लागौं ।” 

विशिष्ट अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य भुषालले बाँके कांग्रेसलाई बलियो बनाउन सभापतिमा गौडेलसहित सबैलाई विजयी बनाउनुपर्ने बताउनुभयाे ।

नेता हुर्मत न्यौपानेले कांग्रेस बाँकेलाई सशक्त, चलायमान र जिम्मेवार बनाउन गौडेल समूहले जित्नुको विकल्प नभएको बताउनुभयाे ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु चिन्तामणि धिताल, पूर्णप्रसाद आचार्य, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले गौडेल समूहलाई जिताउन आग्रह गर्नुभयाे ।

कार्यक्रममा प्रदेश र क्षेत्रीय समितिमा विजयी भएकालाई सम्मान पनि गरिएको थियो ।

यस्तै गौडेल समूहले राप्तीसोनारीको वडा नम्बर ६ र ७ का क्षेत्रीय प्रतिनिधिहरुलाई पनि भेटेर आफूहरुलाई विजयी बनाउन आग्रह गरेको छ ।

Previous articleकिसान आन्दोलन मधेशव्यापी हुँदै, नेपालगन्ज-गुलरिया सडक १ घन्टा अबरुद्ध
Next articleनिजामति कर्मचारी संगठन कोहलपुरको अध्यक्षमा रावत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here