
बाँके । बाँकेमा थप पाँच जनाले कोरोना जितेका छन् । कोरोना जितेका उनीहरु बिहीबार घर फर्किन लागेका हुन ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार खजुरास्थित प्रखर क्यान्सर अस्पतालमा रहेको आइशोलेशनबाट उनीहरु पाँचै जना घर फर्किन लागेका छन् ।
अस्पतालबाट नेपालगञ्ज ६ का एक जना पुरुष, बैजनाथ गाउँपालिका १ का दुई जना पुरुष, गुर्भाकोट ६ सुर्खेतका एक जना पुरुष र ठाकुरबाबा नगरपालिका बर्दिया ५ का एक जना महिला डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
योसंगै जिल्लामा डिस्चार्ज हुनेको संख्या ३८१ पुगेको छ ।






