बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई

काठमाण्डौं । बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन” प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ ।

बिहिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्नुभएको हो ।

मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो ।

बिगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भन्नुभयो, “हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं, जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।”

जनवरी १० (पौष २६) गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो ।

४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लाग्नुभएको हो ।

Previous articleमन्दिरबाट मुर्ति लगायतका सामानहरु चोरी गर्ने पक्राउ
Next articleनेपालगञ्जको जमुनाहाबाट बेवारिसे तीन थान मुर्ति फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here