
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ मा रहेको राज जानकी मन्दिरबाट मुर्ति लगायतका सामाग्री चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बुधबार राती करिब १२ बजे रातीको समयमा उक्त मन्दिरबाट मुर्ति लगायतका सामाग्री चोरी भएको सूचनाका आधारमा सोही वडाका २५ वर्षीय असरफ वागवानलाई पक्राउ गरेको हो ।
चोरीको सूचना पाउन साथ वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले खोजतलासका क्रममा वागवानलाई मन्दिरबाट चोरी भएको सामाग्रीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेका वागवानबाट प्रहरीले झिकाएको चोरीको सामानहरुमा भगवानको मुर्ती ३ थान, घण्टी ५ थान, नाग देवताको मुर्ती २ थान, तामाको लोटा ४ थान, त्रिशुल ३ थान, आरती थाल १ थान, पाला छोप्ने ढक्कन ८ थान, पाला थान २ थान, टिका राख्ने भाँडा थान १ थान, फलामको सिक्रि १ थान, सानो आरी १ थान र रिन्च १ थान बरामद भएको बाँके प्रहरीले जानकारी दिएको छ ।





