बिद्यार्थी, जेष्ठ र अपाङ्गता भएकालाई सार्वजनिक यातायातमा छुट दिने सहमति

नेपालगञ्ज । बिद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका नागरिकका लागि संयुक्त बिद्यार्थीहरुले थालेको आन्दोलने सफलता पाएको छ ।

बिद्यार्थीहरुको आन्दोलन स्वरुप उनीहरुको माग अनुसार सेवा उपलब्ध गराउन यातायात व्यवसायीहरु तयार भएका छन् । सेवा प्रदान गर्नका लागि व्यवसायीले सम्झौता समेत गरेका छन् ।

बिद्यार्थीहरुले बिद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई यातायातमा ४५ प्रतिशत भन्दा बढी भाडामा छुट दिने भनि गरेको निर्णयलाई बाँकेमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

निर्णय कार्यान्वयनका लागि नेकपा विप्लव निकट अखिल क्रान्तिकारी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियन बाँकेले गत केही महिनादेखि आन्दोलन गर्दै आएको थियो ।

आइतवार बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा भाडामा छुट दिने निर्णय कार्यान्वयन गर्ने सहमति भएको समाजवादी बिद्यार्थी यूनियन बाँकेका सह संयोजक इमरान जरगरले बताउनुभयो ।

बैठकले यातायात क्षेत्रमा पाउनुपर्ने विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ५० प्रतिशत छुट कार्यान्वयन गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकमा बाँकेका विभिन्न यातायात व्यवसायी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, राष्टिय अनुसन्धानका प्रमुख, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख, यातायात व्यवस्था कार्यालय बाँकेका प्रमुख, जसपा निकट बिद्यार्थी संगठन लुम्बिनी प्रदेश मुख्य सचिव संगम पोखरेल, बाँके जिल्ला इन्चार्ज बिबेक राज भट्टराई, बाँके संयोजक निश्ष्पक्ष जङ्ग शाह तथा बिप्लब निटक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबि शाही, नेपालगन्ज उपमहानगरपालिकाका नगर अध्यक्ष जमान पौडेल, सागर सेन पौडेल लगायतका बिद्यार्थी नेताको उपस्थिति रहेको थियो ।

साथै निर्णय कार्यान्वयन भए नभएको जानकारी लिन निरन्तर अनुगमन गर्ने निर्णय पनि गरिएको छ ।

Previous articleगौडेल समूहद्धारा बैजनाथका नेता, कार्यकर्तासंग भेटघाट
Next articleआमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here