
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले भेटघाट जारी नै राखेको छ ।
माघ १५ गते हुने जिल्ला अधिवेशनका लागि गौडेलको नेतृत्वमा घोषित उम्मेदवारहरुको टोलीले आज बैजनाथ क्षेत्रका मतदाताहरुलाई भेटेको छ ।
बैजनाथ गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट गरेर सहयोगका लागि आग्रह गरेको गौडेल समूहको सचिवालय संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले बताउनुभयो ।
सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवारद्वय गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवारद्वय सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवारहरु रेण सिंह ठाकुर र विश्वराज लम्साल लगायत सदस्य पदका केही उम्मेदवारहरु पनि भेटघाटका लागि पुग्नुभएको थियो ।
भेटघाटका क्रममा मतदाताहरुबाट पाइरहेको रेस्पोन्सले हामीलाई उत्साहित बनाएको छ ।, सभापतिका उम्मेदवार गौडेलले भन्नुभयो, हाम्रो टिमबाट क्षेत्रीय प्रतिनिधिज्यूरुहरुले पार्टीमा रुपान्तरणको आशा गर्नुभएको छ, उहाँहरुले हामीलाई हौसल दिइरहनुभएको छ ।





