भोलिदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

काठमाडौं । सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसका संक्रमित बढेकोले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको हो ।

बिदाको उक्त समयमा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम छ ।

साथै विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूले पूर्वनिर्धारित परीक्षा भने जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जेड आकारमा बसाई व्यवस्था मिलाई सञ्चालन गर्न सकिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।

Previous articleआमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग
Next articleयोग र आयूर्वेदबारे मानव धारणामा बिकास गर्नुपर्नेमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here