
नेपालगञ्ज । आयूर्वेद र योगको महत्वलाई बिकासमा जोड दिँदै नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । माघ १ गते हुने राट्रिय योग दिवसलाई लक्षित गर्दै सोमवार बाँकेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयुर्वेद शाखा र बाँके आयुर्वेद स्वस्थ्य केन्द्र नेपालगञ्जको आयोजनामा अन्तरक्रिया गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीको अध्यक्ष्तामा भएको कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका डा.गिता रेग्मीले योग सम्बन्धि कार्यपत्र प्रस्तुत गनुृभएको थियो भने आयुर्वेद सम्बन्धीको कार्यपत्र नेपालगञ्ज उपमहानगरपालिका आर्युवेद शाखा प्रमुख ब्रज भुषण झाले प्रस्तुत गर्नुभएको थियो ।
दुबै जनाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि बृहत छलफल गरिएको थियो । योगले मानिलाई स्वस्थ्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको र मानिसको जीवनमा योग भन्ने कुरा खाना आवश्यक भएझै योग को समेत आवश्यक रहेको र आयूर्वेदले मानव जीवनमा अन्य औषधीजस्तो कुनै प्रकारले हानी नगर्ने तथा यसले मानव जीवनलाई जीवनयापनमा सहजता ल्याउन बिशेष आयूर्वेदको भूमिका रहेको कुरामा जोड दिइएको छ ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.सन्तोस कुमार शर्मा, डा.अनिल कुमार चौधरी, आयूर्वेद अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनकराम भण्डारी, पताञ्जली यो समितिका अध्यक्ष हरपाल सिंह, जि नेपाल टेलिभिजनका योग कार्यक्रम प्रस्तोता कृष्णादेवी पाण्डे र योग समिति नेपालका प्रशिक्षक अम्बिका कोइराला लगायत सम्पुर्ण आयुर्वेद औषधालयका प्रमुख, योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।





