
बाँके । बाँकेमा २७ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षण नतिजा अनुसार नेपालगञ्जका १६ जनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएका नेपालगञ्जका १६ जनाको स्वाब नगर भवनमा संकलन गरिएको थियो ।
त्यस्तै ११ जना आन्तरिक राजश्व कार्यालय बाँकेका कर्मचारीमा समेत कोरोना देखिएको छ ।
कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि संकलन गरिएको स्वाब नमूनाबाट थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण देखिएका ३६ जनामध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाका पाँच जना, गेरुवा गाउँपालिकाकाका २ जना र दाङका २ जना रहेका छन् ।
बाँकेमा देखिएका कोरोनाका बिरामीहरुको संख्या घट्दो क्रममा रहेकै अवस्थामा पुन : बढ्न थालेको छ ।





