नाईर्टोजेपाम ट्याबलेटसहित जमुनाहाबाट दुई युवा पक्राउ

नेपालगञ्ज । भारतीय बजार रुपैडिहा गएर नेपाल ल्याउँदै गरेको लागु औषध नाईर्टोजेपाम ट्याबलेटसहित दुई युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ को जमुनाहा नाकामा चेकजाँच गर्ने क्रममा नाईर्टोजेपाम ट्याबलेटसहित पर्वतको जलजला गाउँपालिका वडा ६ बस्ने २८ वर्षीय बिष्णु पुर्जा पुन र धादिङको निलकण्ठ नगरपालिका वडा नं १ बस्ने २० वर्षीय सुजन तामाङललाई पक्राउ गरेको हो ।

मंगलबार करिब सोमबार करिब ३ बजे चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ सय ९० ट्यावलेट नाईर्टोजेपाम सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Previous articleजेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण शुरु
Next articleरोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here