जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण शुरु

डुडुवा । चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन ।

चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ ।

गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र च्यवनप्राश वितरण गर्न शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज मंगलबार एक कार्यक्रमका विच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो ।

त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो ।

गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ सैययाको अस्पताल संचालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताउनुभयो ।

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।

आज १ सय ५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिडडुल गर्न नसक्ने जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरि घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ ।

Previous articleपृथ्वी जयन्तीमा नेपालगन्जमा माेटरसाईकल र्याली
Next articleनाईर्टोजेपाम ट्याबलेटसहित जमुनाहाबाट दुई युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here