
बाँके । कोरोनाका संक्रमित एक्कासी बढेपछि बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम समन्वय समितिको बिहीबार बसेको बैठकले आगामी आइतवारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै निषेधाज्ञा लगाउनु परेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।
बिहीबार एकै पटक २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासन समुदायस्तरमै कोरोना फैलिएको निष्कर्षसहित निषेधाज्ञा जारी गरेर कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा जुटेको हो ।





