नागरिक र जनप्रतिनिधिबीच संवाद, नेतृत्वको प्रशंसा

नेपालगञ्ज । नेपालगंज उपमहानगरपालिका वडा नं.४ मा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगंज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं.४ को बिकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो ।

वडाबाट हुने सार्वजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आम नागरिकलाई सर्व सुलभ ढंगले सेवा प्रवाह गर्दै आएको जानकारी गराउनु भएको थियो । उहाँले आम नागरिकको गुनासो तथा समस्यालाई तुरुन्त समाधान गर्न र नागरिकको काममा विलम्ब गर्ने अधिकार कसैलाई नभएको बताउदै भन्नुभयो, जनतालाई दुख दिने कार्मचारीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

संवाद कार्यक्रममा सहभागि स्थानीय एलिशा खत्रीले अन्य वडाको तुलनामा ४ नम्बरमा राम्रो काम भएको बताउदै फोहर व्यवस्थापनमा ध्यान केन्द्रीत गर्न जनप्रतिनिधिहरुसंग आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रका अर्का सहभागि धर्मराज केसीले बिकास निर्माणको काममा वडा सबैभन्दा अगाडि रहेको सुनाउनु भयो । साथै उहाँले अन्नपूर्ण टोलमा बिजुली पुर्याई दिन जनप्रनितिहरु संग आग्रह गर्नुभयो ।

उमा गौचनले जनता र जनप्रतिनिधि बिचको सम्बन्ध राम्रो भएको बताउनु भएको थियो । द्रोपति बिष्टले स्थानीय निर्वाचन हुनु पूर्व कम्मर भरी पानीमा हिडेर आउनु पर्ने रोड स्थानीय निर्वाचन पश्चात जनप्रतिनिधिहरुको सक्रियतामा पिच रोड बनेको बताउनुभयो ।उहाँले भन्नुभयो बसपार्कसंग जोडिएको सुर्जी गाँउको रोड अपूर्ण रहेकोले पूर्ण गर्न तर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्दछु । उहाँले भन्नु भयो वडामा ८० प्रतिशत भन्दा बढी विकास भई सकेको छ । हामीले जनप्रतिनिधि मात्र पाएका छैनौ कुशल नेतृत्व पाएका छौं ।

कार्यक्रमा सिला सिंह सिजापति, शोभा थापा लगायत दर्जनौ व्यक्तिहरुले जनप्रतिनिधिहरुलाई प्रश्न गर्नु भएको थियो ।

जनताको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष बेहनाले संविधानमा सुनिश्चित गरिएको मौलिक हक र कर्तव्य, संविधानमा समेटिएका अन्य व्यवस्थाहरु जनताका अधिकार, महिला अधिकार, दलितका अधिकार आदिका बारेमा आफूहरु गम्भीर रहेको बताउदै बत्ती नभएको टोलमा तत्काल बत्ती लगाईने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

अध्यक्ष बेहनाले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई आग्रह गर्दैे सार्वजनिक सेवा प्रवाहमा कुनै त्रुटि एवं गुनासो भए सिधा आफुलाई भन्न आग्रह गर्नु भएको थियो ।

वडा सदस्य इन्दीरा शाहीले जनताको सेवा गर्न पाएको मा धन्यबाद दिदै वडामा रहेको समस्यलाई समाधान गर्न तर्फ आफूहरु लाग्ने बताउनु भएको थियो ।

यसैगरी वडा सदस्य मेनका बैद्यले कोरोनाको समयमा वडाले गरेको कामका बारेका प्रष्ट पार्नु भएको थियो । भने वडा सदस्य जयपत्रा कारीले आम नागरिकले वडाप्रति उत्तरदायि हुँदै दिएको सुझाव र सल्लालाई आत्मसाथ गर्दै अगाडि बढने बताउनु भएको थियो ।

वडा सचिव राज कुमार कार्कीले नागरिक स्तरबाट आएको सुझाव सल्लाहले वडाको विकास गर्न तथा अहिलेसम्म भएका कमीकमजोरीलाई सच्याउन सहयोग पुरयाएको बताउनु भयो ।

नागरिकले राखेको समस्यालाई जनप्रतिनिधिहरु संग मिलेर समाधान गर्ने सचिव कार्कीले प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रमका सहभागिहरुले आम नागरिकको प्रत्यक्ष गुनासो र समस्या सुन्न आँट राख्ने वडा अध्यक्ष बेहनालाई वडावासीले साहसी वडा अध्यक्षको संज्ञा दिएका थिए ।

युथ टुडे मिडिया न्युजकी संवादाता सोनाली गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता रबि बर्मा, पत्रकार चन्द्र बोहरा, वडा सदस्यहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, आम नागरिक, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Previous articleमेल्भिनको जन्मोत्सवमा जेष्ठ नागरिकलाई कम्बल वितरण
Next articleदुई हजार बढिलाई निःशुल्क मास्क बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here