दुई हजार बढिलाई निःशुल्क मास्क बितरण

नेपालगञ्ज । नेपालगञ्जमा करिब दुई हजार व्यक्तिलाई मास्क बितरण गरिएको छ । कोरोना संक्रमणको जोखिम पुन : बढ्न थालेसंगै नेपालगञ्जमा रहेका संस्थाहरुले संयुक्त रुपमा दुई हजार बढि सर्वसाधारणलाई मास्क बितरण गरेका हुन ।

नेपालगञ्जका गणेशमान चौक, बीपी चोक लगायतका चोकहरुमा कोरोना रोकथामका लागि अपाउनुपर्ने उपायहरुका बारेमा जानकारी प्रदान गरिएसंगै रिक्सा चालक, अटो चालक, साईकल तथा पैदय यात्रुलाई निःशुल्क रुपमा मास्क बितरण गरिएको आयोजकले जनाएको छ ।

इको नेपाल फाउण्डेशनको संयुक्त आयोजनामा सर्वसाधारणलाई सचेत बनाउन यस्तो कार्यक्रम गरिएको हो ।

गौरब स्मृति तथा बि योर सेल्फ, गरिब तथा बेरोजगार कल्याण संघ, सिहिज, डाईबिटिज सोसाईटी नेपाल, हरपाल होलिस्टिक होमकेयर, बागेश्वरी अप्टिकल, नेशनल प्याथ ल्याब र सामुदायिक प्रहरीको सहयोगमा बृहत कार्यक्रम गरिएको इको नेपाल फाउण्डेशनका अध्यक्ष करण शाहूले जानकारी दिनुभयो ।

कार्यक्रममा आयोजक तथा सहयोगी संस्थाका प्रमुखहरु र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का कोरोना फोकल पर्सन राजवीर बर्नवालको समेत सहभागिता रहेको थियो ।

Previous articleनागरिक र जनप्रतिनिधिबीच संवाद, नेतृत्वको प्रशंसा
Next articleखजुराको १० औं गाउँ सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here