
नेपालगञ्ज । नेपालगञ्जमा एक जना मोटरसाईकल चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार नेपालगञ्जबाट मोटरसाईकल चोरी गर्न लागेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१४ गोसाईपुर्वाका समही कोरीलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार बिहान करिब पौने नौं बजेको समयमा ईलाका प्रहरी कार्यालय जमुनाहमा होण्डा साईन मोटरसाईकल चोरी भएको खबर पुगेको थियो ।
त्यस पश्चात खटिएको प्रहरी टोलीले नेपालगञ्ज वडा नं-१५ को जमुनाहा गाउँस्थित नेपाल भारत सीमा भएर भारततर्फ लैंजादै गरेको अवस्थामा चोरी भएको भे २ प ८६९५ नम्बरको मोटरसाईकल सहित कोरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





