१० किलो चरेससहित महिला पक्राउ

पर्सा । १० किलो चरेससहित पर्साबाट एक महिला पक्राउ परेकी छिन् । पर्साबाट रक्सौलतर्फ हिँडिरहेकी महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका-९ की रञ्जु देवी छन् । प्रहरीको नियमित चेकजाँचको टोलीले उनलाई वीरगञ्ज १६ शंकराचार्य गेटबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

देवीले ढाड र खुट्टामा चरेस बेरेर भारततर्फ लैजाँदै थिइन् । उनलाई हिरासतमा राखेर प्रहरीले लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरेको छ ।

Previous articleखोप केन्द्र व्यवस्थापनमा सहयोग
Next articleमोटरसाईकल चोरेर भारत लैंजादै गरेका एक युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here