समिति नै रुख कटानमा सक्रिय, बभनपुर्वाबाट सचिव साई र बर्मा पक्राउ

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकास्थित बभनपुर्वा सामुदायिक वनमा रुख काटिरहेका दुई जना उपभोक्ता समितिका पदाधिकारी नै पक्राउ परेका छन् ।

डुडुवा गाउँपालिका वडा नं ४ र ५ मा रहेको बभनपुर्वा सामुदायिक वनमा उपभोक्ता समितिका अध्यक्ष बिट्टी कुर्मीका छोरा दिनेश कुमार बर्मा र उपभोक्ता समितिका सचिव सलामुद्दिन साई अबैध रुख काट्दै गर्दा पक्राउ परेका हुन ।

सामुदायिक वनमा रुख काटिरहेका बेला इलाका डिभिजन वन कार्यालय राँझाले उनीहरुलाई पक्राउ गरेको हो । उपभोक्ता समिति पदाधिकारीको उपस्थितिमा रुख कटानको कार्य भइरहेको थियो । डिभिजन वनको टोली घट्नास्थलमा पुग्दा पदाधिकारी फरार भएको र दुई जना घट्नास्थलबाट पक्राउ परेका हुन ।

जिल्ला वन कार्यालय बाँकेका जिल्ला वन अधिकृत दधिलाल कंडेलले दुई जना पक्राउ परेको पुष्टि गर्नुभयो । उहाँका अनुसार वन उपभोक्ता समितिका अध्यक्षका छोरा र समिति सचिव साई पक्राउ परेको बताउनुभयो ।

उहाँका अनुसार काट्न अनुमति दिएको रुख बाहेकको रुख कटान गरेको भेटिएका कारण उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । उनीहरुका साथबाट करिब १२० क्वूफिट काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

जबकी स्थानीय काठको मात्रा सो भन्दा बढि रहेको दावी गर्छन । पक्राउ परेकाहरु दुई दिन भइसकेको र पक्राउ परेकाहरुलाई छुटाउने मिलोमतो भइरहेको कम्दीकै एक व्यक्तिले नाम नलेख्ने सर्तमा जानकारी दिएका छन् । उनले दुई ट्याक्टर काठ रहेको दावी गरे ।

भेटिएको काठको परिमाण र देखाउने परिमाणमा फरक रहेकाले सम्बन्धीत कार्यालयको समेत मिलोमतो रहेको स्थानीयले आशंका जनाएका छन् ।

Previous articleमन्त्री अथकद्धारा श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण
Next articleबाँके प्रहरीले सार्वजनिक गर्यो ६ महिनाको प्रगति (थप विवरणसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here