बाँके प्रहरीले सार्वजनिक गर्यो ६ महिनाको प्रगति (थप विवरणसहित)

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०७८ र ०७९ को ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

बाँके प्रहरीले गत ६ महिनामा उल्लेख्य प्रगाति गरेको प्रगति प्रतिवेदनले देखाएको छ । प्रहरीको विवरण अनुसार लागु ठुलो मात्रामा लागु औषध संकलन भएको छ ।

यो अवधिभित्र २६५ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेर ३ हजार ५ सय ४३ ट्याबलेट नाइट्रोजेपाम, ६ हजार मिलि लिटर कोरेक्स, २० ग्राम गाँजा, १ हजार ४ सय ३० ट्याबलेट ट्रमाडोल र ५ लाख ११ हजार नगद लागु औषध ओसार पसार गर्ने व्यक्तिबाट बरामद गरेको छ ।

नेपाल प्रहरी र भारतिय प्रहरीको समन्वयले भारतमा समेत लागू औषधको कारोबार गर्ने लागू औषधका कारोबारीहरुलाई ठुलो परिमाणको लागू औषधसहित पक्राउ गरेको र जसका कारण नेपालमा समेत लागू औषध ओसार पसारमा कमी हुने देखिएको प्रहरीले जनाएको छ । यो अवधमिा ८८ जना लागु औषधमा संलग्नलाई पक्राउ गरिएको हो ।

यस्तै यस अवधिमा सजाय तोकिएको १३९ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरु सबैलाई ६४ वर्ष १० महिना कैद सजाय भएको छ भने उनीहरुबाट ३७ लाख ९९ हजार ५ सय १४ रुपैया जरिवाना असुल गरिएको बाँके प्रहरीले जनाएको छ । बाँकी विवरण तप उल्लेख छ ।

Previous articleसमिति नै रुख कटानमा सक्रिय, बभनपुर्वाबाट सचिव साई र बर्मा पक्राउ
Next articleमास्क कालोबजारी गर्ने दुई जना औषधि व्यवसायी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here