मास्क कालोबजारी गर्ने दुई जना औषधि व्यवसायी पक्राउ

रासस
बागमती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले बुधबार हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताइएको छ ।

Previous articleबाँके प्रहरीले सार्वजनिक गर्यो ६ महिनाको प्रगति (थप विवरणसहित)
Next articleयुवाहरुको निष्कर्ष : उपमहागनरपालिकाले उल्लेख्य कार्य गरेन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here