
रासस
राँझा । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ का त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।
उहाँका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे १ क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् ।
फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।





