
दोगडाकेदार । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ श्री केदारमा जंगली जनावरको आतंक नियन्त्रणका लागि स्थानीयले ज्ञापन पत्र बुझाएका छन् ।
श्री केदारका स्थानीयहरुले जंगली जनावरको आतंकका कारण खेतमा लगाइएने सबै अन्नबाली नष्ट हुने हुँदा आफुहरुलाई खेतीकिसानी गर्ने वातावरण बनाउन माग गरेका गरिएको प्रमानन्द भट्टले जानकारी दिनुभयो ।
जंगली जनवारबाट लामो समयदेखि पिडित बनेका स्थानीयहरुले संघर्ष समिति निर्माण गरेर आफुहरुलाई खेती गर्ने वातावरण बनाईदिन माग गरेका छन् । संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै “या त रासन दे सरकार, या त जंगली जनावर भगाऊ सरकार,” नारासहित वडा अध्यक्षसंग गुहार मागेका हुन ।
सरकारले कृषि योग्य जमिन, खेतवारी बाँझो छाड्न नपाउने व्यवस्था गरेको भएपनि बिगत १७ वर्षदेखि यहाँका स्थानीयहरु जंगली जनावरका कारण खेतीपाती गर्न पाएका छैनन ।
बाँदर, लंगुर, बदेल लगायतका कारण खेतीपाती, फलफुल, भुई घाँस, डाले घाँस र तरकारी समेत बिनास गरी जनजीवन असहज गरी जीवन सुरक्षामा असर पर्न गएको हुँदा दोगडा केदार ४ मा जनावरको व्यवस्थापन गरिदिन अध्यक्षसमक्ष माग गरेका हुन ।
उनीहरुले १५ दिनभित्र जनावरहरुको व्यवस्थापन नभएमा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने तयारी समेत गरेका छन् । उनीहरुले वडा कार्यालय तालाबन्दी गर्ने, सतवन दार्चुला सडक खण्ड बन्द गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्नासहितका आन्दोलन गर्ने चेतवानी समेत दिएका छन् ।





