प्रेस स्वतन्त्रता सेनानी गुप्ताको दोश्रो पुन्य तिथीमा स्मृति सभा

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको दोश्रो वार्षिक पुन्य तिथीमा स्मृती सभा गरिएको छ । ०७६ माघ १५ गते स्वर्गारोहण हुनु भएका वरिष्ठ पत्रकार गुप्ताको स्मरणमा शनीबार स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता प्रतिष्ठानद्धारा कार्यक्रम गरिएको हो ।

स्व. गुप्ताको निवास परिसरमै आयोजित स्मृति सभामा हार्दिक श्रदाञ्जली अर्पण गर्दै उहाँको व्यक्तित्व र योगदानप्रति चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य युवराज शर्माले लोकतन्त्र, नागरिक अधिकार प्राप्ती र प्रेस तथा अभिव्यक्ति स्वातन्त्रताका लागि गुप्ताले अतुलनीय योगदान पुर्‍याएको भन्दै उहाँको विचार र व्यवहारलाई अवलम्वन गर्न आहवान गर्नु भयो । पत्रकारितामार्फत समाजलाई सुसुचित गर्न गुप्ताले ज्यानको वाजी लगाएको स्मरण गर्दै शर्माले समाज विकास र पत्रकारिताको प्रवद्र्धनमा पनि अहम भूमिका रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतमले स्व गुप्ताको सरल र असल स्वभावसँगै पत्रकारिताप्रतिको आस्था र निरन्तरता उदाहरणीय भएको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष विजय कुमार गप्ताले स्व गुप्ताको स्मृतिका लागि दिर्घकालिन रचनात्मक कार्यका लागि सार्वजनिक अपील गर्नु भयो । उहाँले स्व गुप्ताको स्मरणमा निवास नजीकै चौक नामाकरण गरि शालिक स्थापनाका लागि अगुवाई गरिदिन पत्रकार महासंघ लगायतलाई अनुरोध गर्नु भयो ।

प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईद्धारा सञ्चालन गरिएको सभामा नेपाल प्रेस यूनियन बाँकेका अध्यक्ष अर्जुन वली, अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्र, प्रतिष्ठानका कानूनी सल्लाहकार राकेश कुमार सोनी, प्रेस मञ्चका उपाध्यक्ष आशीष गुप्ता, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष एवं अधिवक्ता विश्वजित तिवारी लगायतले श्रदासुमन प्रकट गर्नु भएको थियो ।

Previous articleजंगली जनावरको आतंक नियन्त्रण गर्न श्री केदारबासीको माग
Next articleनेपालगञ्जका अति बिपन्न परिवारलाई राहत बितरण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here