बासको महाधिबेशन चैत्र १८ र १९ गते नेपालगञ्जमा हुने

नेपालगञ्ज । बास नेपालको ९ औं महाधिबेशन यही चैत्र १८ र १९ गते नेपालगञ्जमा हुने भएको छ ।

माघ १४ र १५ गते बाँकेको गाभरमा सम्पन्न बासको ३९ औं पूर्णकालिन बैठकले महाधिबेशनको मिति तय गरेको हो ।

महाधिबेशनको भव्य सफलताका लागि १० वटा समिति गठन गरिएको छ । बैठकले समतिहरु गठन गर्दै प्रचार प्रसार समिति संयोजकमा बास निर्देशक हेमराज भट्ट, आर्थिक समिति संयोजकमा कार्यबाहक कोषाध्यक्ष दिला शाह, सचिवालय समिति संयोजकमा जनसम्पर्क अधिकृत मुना बिष्ट, अतिथी सत्कार समिति संयोजकमा उपाध्यक्ष लुना बुढाथोकीलाई जिम्मेवारी दिएको छ ।

यसैगरी बैठकले महासचिव शिब कुमार बर्मालाई समारोह व्यवस्थापन समिति, सचिव खुमेश सुवेदीलाई भोजन तथा आवास समिति, कार्यकारी निर्देशक नमस्कार शाहलाई समन्वय समिति, सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनालाई निर्वाचन समिति, निबर्तमान अध्यक्ष मन भण्डारीलाई साँस्कृतिक समिति र केन्द्रीय सदस्य खेम बिष्टलाई स्वयंसेवक परिचालन समिति संयोजकको जिम्मेवारी दिएको छ ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बैठकले आर्थिक, प्रगति तथा साँगठनिक प्रतिबेदन अनुमोदन गर्नुका साथै बासका अभियान तथा कार्यक्रमहरुको समिक्षा गरेको थियो ।

बैठकले बासका सम्पूर्ण बिभागहरुलाई सक्रिय पार्दै बिभाग प्रमुखहरुको बैठक गर्ने निर्णय गरेको छ भने रिक्त रहेको कार्यक्रम व्यवस्थापन बिभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य खेम बिष्टलाई दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले असल शासन सूचना केन्द्रलाई थप व्यवस्थित गर्ने, फाल्गुण मसान्त भित्र सबै प्रदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने, बासको केन्द्रीय कार्यालयलाई लैंगिक मैत्री कार्यालय बनाउने, संस्थालाई प्रबिधी मैत्री बनाउने लगायतका निर्णय गरेको छ ।

Previous articleखोप केन्द्रमा खोप लगाउनेहरुको उपस्थिति बढ्यो (फोटो फिचर)
Next articleकालिकोटमा २१ दिने रुपान्तरण कक्षा सञ्चालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here