कालिकोटमा २१ दिने रुपान्तरण कक्षा सञ्चालन

कालिकोट । बिद्यालय बाहिर रहेका किशोरीहरुलाई लक्षित गरी कालिकोटको खाडाचक्रमा रुपान्तरण कक्षा सञ्चालन गरिएको छ ।

युनिसेफ नेपालको सहयोग, खाडाचक्र नगरपालिकाको समन्वय र बास नेपालको आयोजनामा माघ १६ गते देखि उक्त कक्षा सञ्चालनमा आएको हो ।

किशोरीहरुका लागि सामाजिक तथा आर्थिक शिप विकास तालिमको एक कार्यक्रमका बिच खाडाचक्र नगरपालिकाका प्रबक्ता, कार्यबाहक नगर प्रमुख तथा वडा नं ११ का वडा अध्यक्ष पुष्पराज गिरीले उद्घाटन गर्नुभयो ।

उद्घाटन सत्रमा बोल्दै कार्यवाहक नगर प्रमुख गिरीले बिद्यालय बाहिर रहेका किशोरीहरुलाई शिक्षा तर्फ उन्मुख गराउने अभियानका साथ सञ्चालन भएको रुपान्तरण कक्षाको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

उहाँले गाँउ घरमा विभिन्न कारणले बिद्यालय जान नसकेका किशोरीहरुका लागि कक्षा सञ्चालन गरेकोमा युनिसेफ र बासलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा खाडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत अभिराज शाहि, युनिसेफ नेपाल कालिकोटका गणेश रावल, बास नेपालका कर्णालि प्रदेश संयोजक रमेश नेपाली लगायतको सहभागिता रहेको थियो ।

युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालीत बाल संरक्षण कार्यक्रम अन्तरगत पालिका भित्र विभिन्न वडामा रहेका १९ बर्ष मुनिका १०० जना किशोरीहरुको ४ ओटा समुह गठन गरी २१ दिने रुपान्तरण कक्षा सञ्चालन गरिनेछ ।

यसरी रुपान्तरण कक्षामा सहभागि किशोरीहरुलाई आवश्यकता अनुसार बिद्यालय भर्ना गर्न प्रोत्साहन गरिने बासले जनाएको छ ।

Previous articleबासको महाधिबेशन चैत्र १८ र १९ गते नेपालगञ्जमा हुने
Next articleजानकी गाउँपालिकाका दुई युवा ब्राउन सुगरसहित पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here