मैनापाेखरमा टिप्परकाे ठक्करबाट दुई जनाकाे मृत्यु, तीन घाइते

बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाइते भएका छन् ।
 
साेमबार बेलुकी ८ बजे घर अगाडी आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएकाे जनाईएकाे छ । थारूकाे गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Previous articleखोप लगाउन जसले बोकेर लगिन् वृद्धालाई
Next articleमाघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here