हजरत सामुदायिक वनमा कटान गरिएको ५०.१० क्यूफिट सालकाे काठ फेला

नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा नं-१ काे हजरत सामुदायिक वनमा बेवारिसे अवस्थामा कटान गरिएको सालकाे काठ बरामद भएको छ ।

सामुदायिक वनमा गस्ती गर्ने क्रममा साेमबार दिउँसाे कटान गरिएको अवस्थामा सालकाे काठ फेला परेकाे बाँके प्रहरीले जनाएको छ ।

प्रहरी चाैकी खडैचा, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र नेपालगंज सवडिभिजन वन कार्यालयका बाँकेबाट खटिएको संयुक्त टोलीले सालकाे काठ ५०.१० क्यूफिट फेला पारेकाे थियाे ।

फेला परेकाे उक्त काठहरु हजरत सामुदायिक वनका पदाधिकारीहरुलाई बुझाईएको प्रहरीले जनाएको छ ।

Previous articleनेपालगञ्जमा हात्तीपाईलेको रिप्रि टास सर्भे हुने
Next articleमाेटरसाईकलमा ल्याउँदै गरिएकाे पौने ९ लाख बराबरको चाँदी बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here