जुत्ता पसलमा आगलागी, ५ जनाको मृत्यु, ४ बालबालिका

नारायण खड्का
दाङ, दाङको एक जुत्ता-पसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४ बालबालिका छन् ।

मृत्यु हुनेमा करिब ५/६ वर्षका अबिददिन अली, करिब १३/१४ वर्षीया सजिता खातुन, करिब १४/१५ वर्षीय हसन बकस, करिब १५/१६ वर्षीय मसिन बकस र करिब ४०/४२ वर्षीय नजरदिन अली छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको हो ।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

Previous articleदोस्रो चरणको प्रयास परियोजना सन्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर
Next articleमेयर पदको प्रबल दावेदार : गौरव चन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here