
शिवराज साहु
नेपालगञ्ज । नेपालगंजका होनहार असल, सरल स्वाभाव तथा जनप्रेमी रुपमा चिनिने गौरव चन्द वर्तमान समयमा स्थानीय निर्वाचनसँग जोडिएर चर्चामा हुनुहुन्छ ।
वि.सं. २०२५ साल भदौं ७ गते नेपालगंज वडा नं.-८ (हाल वडा नं.-७) मा जन्मिनु भएका चन्द जो अमर शहीद दशरथ चन्दका आफ्नै भाई ललित चन्दका नाती र सुरेन्द्र चन्दको एकलो छोरा हुनुहुन्छ ।
उहाँसंग विभिन्न भाषाको ज्ञान: नेपाली, स्थानीय भाषा अवधी, हिन्दी र अंग्रेजीसंगै शैक्षिक योग्यता: स्नातकोत्तर तहसम्मको हासिल गर्नुभएको छ ।
बि.सं. २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक सदस्य भई बि.सं. २०५३ सालमा जिल्ला बर्दियाको डेउडाकला वडा नं.-१ बाट गा.स.सा निर्विरोध निर्वाचित हुनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिन्दू राज्य र राज संस्थाको मुख्य एजेण्डा बोकी मेयर पदका लागि स्थानीय तहको चुनावमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । स्थानीय तहको निर्वाचन बि.सं. २०७९ बैशाख-३० गते हुने सरकारले समय निर्धारण गरेको छ ।
स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै उपमहानगरपालिमा अलग अलग पदको दावेदारहरु अगाडी आउन लागेका छन्, जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेपालगंजको मेयर पदका लागि प्र्रबल दावेदार चन्द मानिनुभएको छ ।
चुनावको दिन नजिकिदै गर्दा नेपालगञ्जमा मेयर पदका दावेदारहरु समाजिक क्रियाकलाप पनि मतदाताहरुसँग भेटघाट गर्न ब्यस्त देखिन थालेका छन् ।





