को हुन ? कांग्रेस बाँकेको सह-सचिव पदका उम्मेदवार रेणु सिंह

नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके महिला सदस्य रेणु सिंहले जिल्ला सहसचिव पदमा लड्दै हुनुहुन्छ ।

कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने भन्दै नेता तथा आफ्ना सहकर्मीहरुको सल्लाह सुझाव र स्वयं मुल्याँकनले जिल्ला सहसचिव पदमा आफु निर्वाचनमा होमिएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका राजनीतिमा करिब दुई दशक सिंहले बिताउनुभएको छ । इकाई कमिटिदेखि जिल्लास्तरीय ट्रेड युनियन र साविकको क्षेत्रीय समितिका बिभिन्न पदहरुमा रहेर कांग्रेसलाई संगठित एवं सक्रिय बनाउने कार्यको अनुभव संगाली सक्नुभएको छ ।

सानै उमेरदेखि नै उहाँले कांग्रेसको राजनीतिक कार्यहरुको अनुभव गर्दै आउनुभएको छ । सिंहका बाजेसंगै बुबाले समेत कांग्रेसको राजनीतिमा होमिनुभएको थियो । बुबा जलेश्वर सिंह प्रतिबन्धितकालमा हिरमिनिया गाबिसको पंचको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

मैले बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीति कार्यको पछिपछि नै रहन पाए, सिंहले भन्नुभयो, बाजे तथा बुबा पनि कांग्रेसको नेतृत्व गर्नुभएकाले नै सानै उमेरदेखि कांग्रेसलाई बुझ्न पाएको अनुभव छ । १२ औं महाधिवेशनबाट उहाँले साबिकको हिरमिनिया गाबिसको इकाई कमिटिको सचिवको जिम्मेवारी सम्हाल्नुभयो ।

यस्तै ट्रेड युनियन कांग्रेसको जिल्ला उपसभापतिको भूमिका निर्वाह गर्नुभयो । त्यसपछि २ कार्यकाल सल्लाहकारको भूमिका निर्वाह गर्नुभयो । आम निर्वाचनका समयमा सिंह बोर्डको महिला सदस्यका रुपमा मनोनित हुनुभयो ।

यस्तै दुई कार्यकाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी निभाउनुभयो । नेपाल महिला संघको जिल्ला सदस्यमा रहेर राजनीतिक यात्रालाई जारी राख्ने क्रममा साविकको मध्यपश्चिम क्षेत्रीय उपसभापति पदका लागि समेत निर्वाचनमा होमिनुभयो ।

नेपाली कांग्रेसको नीति नियम, बिचार, सिद्धान्त र पारिवारिक पृष्ठभुमि समेत कांग्रेसकै भएको र प्रजातन्त्र सेनानी माया गिरीको प्रेरणाबाट कांग्रेसको राजनीतिमा पे्ररित हुनुभएको सिंहको गाबिस इकाई सचिवको भूमिका पाएपछि नै राजनीतिक यात्रा शुरु भएको हो ।

राजनीतिमा महिलाको समान सहभागिता हुनुपर्ने र नेतृत्व तहमा महिलाहरु अघि बढाउनुपर्ने कुरामा आफ्नो मुख्य जोड रहेको त्यसमा पनि मधेशी महिला पनि नेतृत्वमा आउनुपर्ने एजेण्डाका साथ सहसचिव पदका अग्रज नेता, कार्यकर्ता र मतदातालाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

गौडेल समूहको प्यानलबाट सिंह चुनावमा होमिनुभएको छ । चुनावको मिति नजिकिएसंगै मतदाताहरुसंगको भेटघाटलाई समेत तिब्र बनाउनुभएको छ । नेपाली कांग्रेसले बाँके जिल्लासहित बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने तय गरेको छ ।

Previous articleमेयर पदको प्रबल दावेदार : गौरव चन्द
Next articleगुल्जार-ए-अदबद्वारा मासिक गजल गोष्ठी सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here