गुल्जार-ए-अदबद्वारा मासिक गजल गोष्ठी सम्पन्न

नेपालगञ्ज । बाँकेको गुल्जार-ए-अदबद्वारा मासिक गजल गोष्ठी नेपालगन्जमा माघ २९ गते शनिवार सम्पन्न भएको छ ।

नेपालगन्जको गुल्जार-ए-अदब बाँकेद्वारा मासिक गजल गोष्ठी हरेक महिनाको अन्तिम शनिवारका दिन गरिने मासिक गजल गोष्ठी नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.-८ स्थित महेन्द्र पुस्तकालयको सभाहलमा माघ २९ गते शनिवार उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।

सैय्यद असफाक रसूल हाशमीको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठी नेपालगन्जका उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना अन्सर नेपालीले गजल कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

सो गजल गोष्ठी कार्यक्रममा गुल्जार-ए-अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, अवधी साँस्कृतिक बिकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवे, सैय्यद असफाक रसूल हाशमी, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मौलाना अन्सर नेपाली, मेराज अहमद (हिमाल), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, मोहम्मद यूसुफ आरफी, समीर अली शेष लगायतले “मेहबूब की मेंहदी ही दुल्हन को सजाती है, दिलदार के आँगन को घर अपना बनाती है” मिश्ररामा साहित्यकारहरुले आ–आफना गजल वाचन गरेको मौलाना अन्सर नेपालीले बताउनुभयो ।

Previous articleको हुन ? कांग्रेस बाँकेको सह-सचिव पदका उम्मेदवार रेणु सिंह
Next articleडुडुवामा एसईई पास गरेका छात्रालाई साइकिल प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here