
शहिल शेष राई (ताहिर)
खजुराखुर्द । बाँकेको जानकी गाउँपालिकाका भूमिहित सुकम्बासी समूहले भूमिहिन सुकुम्बासीहरुको समसया समाधान गर्नुपर्ने माग गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार गाउँपालिका कार्यालय परिसर पुगेर भूमिहिन सुकुम्बासी समूहले बिभिन्न मागहरु राख्दै कार्यबाहक अध्यक्ष भूमिसरा धिताललाई ज्ञापन पत्र बुझाएको हो ।
उनीहरुले पालिकाभित्र रहेका करिब ३ हजार सुकुम्बासी र अव्यवस्थित बासोबासीहरुको समस्या समाधान गर्न यही जनप्रतिनिधिको पालमा पुरा हुनुपर्ने माग गरेका छन् ।
‘हामी चाहन्छौ, अहिलेका जनप्रतिनिधिहरुको पालामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थितको लगत संकलन प्रारम्भ भयो, तपाईहरुकै पालामा यो समस्या समाधान गरियोस,’ ज्ञापन पत्रमा उल्लेख छ ।
यसका साथै उनीहरुले जनप्रतिनिधिले कुनै पार्टी वा कसैको पुर्वागाही नभएर जनताप्रति उत्तरदायी हुन र जनताको समस्या समाधान गर्न कटिबद्ध हुन आग्रह गरिएको छ ।
उनीहरुले सुकुम्बासी समस्यालाई गम्भीररुपले लिन र बाँकी रहेका नापजाँचका कार्यलाई अबिलम्ब सुचारु गर्न समेत माग गरिएको छ ।
यही कार्यकालभित्र जग्गाधनी पुर्जा बितरण गर्न माग गरिएको सामाजिक अगुवा राम घर्ती मगरले जानकारी दिनुभयो । सरकारले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको समस्यालाई मध्यनजर गर्दै समाधान गर्ने उद्देश्य अनरुप राष्टिय भूमि आयोग गरेको छ ।
आयोगले स्थानीय तहमा अद्यावधिक बिवरण पठाउने सम्बन्धि २०७८ असोज ३१ ग्ते र कार्तिक ११ गते सूचना जारी गरेको थियो । मिति २०७८ माघ १८ गते आयोगबाट ३५ दिने सूचना अवधीभित्र बाँकेका कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले मात्र सहमति नविकरण गरेको छ ।
यस क्रममा जानकीको वडा नं ४ अन्तर्गत पर्ने जानकीनगर (ढुढुवार) मा नाप जाँचको कार्य छुटाइएको हुँदा तत्काल सो क्षेत्रमा नाप जाँच गर्न माग गरिएको छ । स्थानीय ४० जना बढिको उपस्थिति रहेको थियो ।





