राष्ट्रिय बाणिज्य बैँकमा तोडफोड गर्ने पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बैंक ताेडफाेड गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा न-२ मा राष्ट्रिय वाणिज्य बैँकमा प्वेश गरि ताेडफाेड गर्नेलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले ताेडफाेड गरेका कैलाली टिकापुर-९ घर बताउने वर्ष २६ वर्षीय सन्जु वि.कलाई पक्राउ गरेकाे जनाएको छ ।

बैँकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरेर फरार रहेका बिकलाई तत्काल खटिएको प्रहरी टोलीले खुकुरीसहित पक्राउ गरेकाे छ ।

Previous article१७ दिनदेखि राप्तीसोनारीको बैंक खाता रोक्का
Next articleएमसीसीको विरोधमा आज पनि प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here