
नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि प्रदर्शन गरेका छन् ।
अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । नेपालगञ्जका बिभिन्न भागको परिक्रममा समेत गरेका थिए ।
उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि प्रदर्शन गरेका थिए ।





